काठमाडौं ।
जनता समाजवादी पार्टीबाट अलग्गिएर नयाँ पार्टी नेपाल समाजवादी घोषणा गरेका डा. बाबुराम भट्टराई यो पार्टीमा पनि संघीय परिषद् अध्यक्ष रहने भएका छन् ।
उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई जना अध्यक्षमा महिन्द्र राय यादव र गंगा श्रेष्ठ रहने भएका छन् । अन्य पदाधिकारीको विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । यद्यपि भट्टराई भने संघीय परिषद अध्यक्षकै भूमिकामा रहने स्रोत बताउँछ ।
अध्यक्षमा खस आर्य, मधेसी र जनजाति गरी क्लष्टर मिलाइएको जनाइएको छ ।














