अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि अध्ययन गर्न छानबिन समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं  ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठकले सिसिटिभी फुटेजबारे अध्ययन थालेको छ।

अर्थ मन्त्रालयले जेठ १४ गतेको फुटेज सिसिटिभीकोमा समावेश नभएको बताएपछि समितिले प्रहरीको सहायता लिएको थियो। प्रहरीले सोमबार समितिलाई रिपोर्ट बुझाएको थियो। आजको समितिको बैठकमा प्रहरीले पठाएको ल्याबको रिपोर्ट खोलेर हेरेको समिति सदस्य लक्ष्मणलाल कर्णले जानकरी दिए। समितिको बैठक आज दिउँसो ४ वजे बस्नेछ।

ुआज प्रहरीले पठाएको ल्याबको रिपोर्ट खोलेर हेरेउँ। आजै फेरि ४ वजे बस्ने छौ,कर्णले भने। त्यसअघि समितिले उक्त भिडियो बारे सम्बन्धित विज्ञहरुसँग छलफल गर्ने छ।

शर्मालाई वजेट निर्माण प्रक्रियामा १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गराएको आरोप लागेको छ। उक्त विषयमा प्रमुख प्रतिपक्षी दलले छानबिन समिति गठन गर्न माग गरेपछि सरकारले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले हाल अध्ययन गरिरहेको छ।

  • १० श्रावण २०७९, मंगलवार १५:०४ प्रकाशित