काठमाडौं ।
केही दिन अघि भारत भ्रमणमा गएर फर्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब जापान भ्रमणमा जाने भएका छन् ।
प्रचण्ड जापानको पाँच दिने भ्रमणमा निस्कने भएको उनको सचिवालयले जनाएको छ । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।
अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ ।
मल्लका अनुसार अध्यक्षको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित भएको छैन ।अध्यक्ष प्रचण्ड यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गएका थिए ।














