नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

केन्द्रभाग मिडिया

sf7df8f}F, @) j}zfvM gfos s];L g]sf kf6L{ k|j]z k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf dªunaf/ gfos e'jg s];LnfO{ g]sf kf6L{df k|j]z u/fpFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं ।
नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले नायक भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीलाई देउवा सरकारले बार्डको अध्यक्षमा नियुक्त गरेको छ । उनी कांग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो । उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।

  • १० श्रावण २०७९, मंगलवार १३:२५ प्रकाशित