रक्सीले मातेर होहल्ला गर्ने वडाध्यक्ष पक्राउ

केन्द्रभाग मिडिया

कैलाली ।

रक्सीले मातेर होहल्ला गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ८ का वडाध्यक्ष बहादुर सिंह महरा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झलारीको गेटअगाडि गएर होहल्ला गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।वडाध्यक्षलाई गएराति करिब ८ बजेतिर नियन्त्रणमा लिइ आज बिहान ५ बजे परिवारका सदस्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

  • १० श्रावण २०७९, मंगलवार ११:०३ प्रकाशित