अर्थ मन्त्रालयको सीसीटीभीबारे रिपोर्टको अध्ययन हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धित फरेन्सिक रिपोर्टबारे अध्ययन हँदैछ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई हिजो प्रहरीले अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्ट बुझाएको थियो ।

सिंहदरबारमा जारी समितिको बैठकमा फरेन्सिक रिपोर्टको सिल खोलिएको छ र त्यसबारे अध्ययन भइरहेको छ ।

यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो । त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले मगाएको थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

  • १० श्रावण २०७९, मंगलवार १०:३६ प्रकाशित