साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमामा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले बिगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।
कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए ।
यता, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागिपनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।