पाल्पा ।
पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ५ बजे गुल्मीबाट बुटवल आइरहेको बस तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए।
लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट १ सय मिटर तल खसेको हो । अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ ।













