पोखरा ।
परोपकार शर्वेश्वर नारी समूह पोखरा-४ गैह्रापाटनले नयाँ वर्ष २०८३ एवं मातातीर्थ औंसीको अवसर पारेर बृद्धा आमाहरुलाई सम्मान गर्दै, आशिर्वाद लिँदै एकआपसमा शुभकामना आदानप्रदान गरेको छ । शनिबार विहान संस्थामा आवद्ध ८० वर्षीया आमाहरुलाई सम्मान गरिएको हो ।
आमाहरु जानकीदेवि कोइराला, लक्ष्मि कोइराला, भिमा कोइराला, गोकर्ण कोइराला, शान्तादेवी कोइराला, कमलादेवी बास्तोला, जसोदा कोइराला, बसुन्धरा कोइराला र गंगा कोइरालालाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रम एवं समूहकी अध्यक्ष रुकु कोइरालाले उमेरको मात्र नभएर आमाहरुको मायाँ त्याग र समर्पणको पनि सम्मान गरिएको बताइन् । आमाहरु संस्थाको खम्बा भएको भन्दै आमाहरुकै त्याग र समर्पणले परोपकार शर्वेश्वर नारी समूह यहाँसम्म आइपुगेको उल्लेख गरिन् । आमाहरु जिवत इतिहाँस भएको चर्चा गर्दै उनले धेरै ज्ञान आमाहरुबाट लिन सक्नुपर्नेमा जोड दिइन् ।
सम्मानित आमाहरुको तर्फबाट बोल्दै जानकीदेवि कोइरालाले संस्था स्थापनाकाल देखिका दुख स्मरण गर्दै आफूहरुलाई सम्मानित गर्दा र संस्थाको प्रगति देख्दा आफू आन्दित भएको बताइन् । संस्था हाँक्ने जिम्मा नयाँको भएको भन्दै आफ्नो तर्फबाट संस्थालाई सकेको सहयोग रहने बताइन् ।
समूहका निवर्तमान अध्यक्ष मिनु कोइराला, पूर्वअध्यक्षहरु सकुन्तला कोइराला, पवित्रा अधिकारी, गोमादेवी गोदार र सचिव रञ्जिता बास्तोला लगायतले शुभकामना दिँदै संस्थाले दिएको योगदान र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा बोलेका थिए ।
३ मंसिर २०५२ मा स्थापना भएको स्थानीय ११० जना आमा, दिदिबहिनी सदस्य छन् ।













