बालुवाटारमा देउवा र ठाकुरबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको लोसपाले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भेटका क्रममा धन्यवाद दिएको बताइएको छ ।

सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएका छन् । त्यस्तै जेलमा रहेका रेशम चौधरीलगायतका बन्दी रिहाइ, लगाइएको झुठा मुद्दा फिर्ताको विषयमा पनि कुराकानी भएको छ ।

  • ५ श्रावण २०७९, बिहीबार १५:५१ प्रकाशित