बुधबार थपिए ३९१ कोरोना संक्रमित

केन्द्रभाग मिडिया

देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

  • ४ श्रावण २०७९, बुधबार १८:०१ प्रकाशित