काठमाडौं : दशैंमा घर जानेका लागि अग्रिम टिकट खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

दशैं नजिकिएसँगै काठमाडौंबाट दशैँमा घर जानेको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो।

काठमाडौं नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।लामो तथा मध्यम दूरीका बसले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा भिड लागेको छ।
कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ।

नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाण्डौका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमा काठमाण्डौबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

 

 

 

  • ११ आश्विन २०७८, सोमबार ०९:५१ प्रकाशित