पोखरा महानगरले सार्वजनिक सौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिन चाहनेको नाम माग्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिने इच्छुक व्यक्ति/संस्थालाई महानगरमा निवेदन दिन आग्रह गरेको छ । महानगरले सौचालय सार्वजनिक प्रयोगका लागि दिन चाहने व्यक्ती/संस्थाले पत्र, नाम, ठेगाना र सम्पर्क फोन नम्बर सहित श्रावण मसान्त भित्र सरसफाई शाखामा निवेदन दिन सूचना प्रकाशन गरेको हो ।

आफ्नो सौचालय सार्वजनिक रुपमा प्रयोगका गर्न दिने सहयोगी संस्था वा व्यक्तीको विवरण पोखरा महानगरपालिकाको वेबसाइटमा राख्ने, महानरगरबाट उपलब्ध हुने सेवा, सुविधामा प्राथमिकता दिइने महानगरले जनाएको छ ।

महानगरका मुख्य सहरी क्षेत्रमा सार्वजनिक सैचालयको आवश्यकता खड्केको महानगले सूचनामा जनाएको छ । आफ्नो सचौचालय सर्वाजनिक प्रयोगका लागि दिएको अवस्थामा सौचालमा आवश्यक पर्ने सफाई एवं यानिटरी सामागी्रमा महानगले लागत सहभागिता जनाउने पनि जनाएको छ ।

  • २ श्रावण २०७९, सोमबार १४:१८ प्रकाशित