रुस-युक्रेनबीच वार्ता हुदैँ

केन्द्रभाग मिडिया

एजेन्सी ।

लामो समयदेखी युक्रेनमाथि हमला गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्ने भएको छ ।रुसी र युक्रेनी अधिकारीहरूले आज(बुधबार) इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् ।

रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।

अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने प्रयास स्वरुप टर्कीले वार्ता आयोजना गरेको हो । वार्तामा संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

पछिल्ला समय रुस युक्रेनविरुद्ध बढी आक्रमक भएको छ ।

  • २९ असार २०७९, बुधबार १०:३६ प्रकाशित