काठमाडौं ।
नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ हुने भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा असार २६ मा सुनुवाइ हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । तर, सार्वजनिक बिदाका कारण हिजो (आइतबार) सुनुवाइ हुन पाएन।
कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सोमबार एआईजी विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् ।












