उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा सिङ्गै बाख्रा निल्दै गरेको अजिङ्गर भेटिएको छ ।
हिजो (आइतबार) साँझ बाख्रा निल्दै गरेको अवस्थामा सो अजिङ्गर फेला परेको हो । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।
अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बाख्रा खाएको हो । अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ।














