श्रीलंकाका सभामुख महिन्दा यापा अस्थायी राष्ट्रपति बन्ने

केन्द्रभाग मिडिया

 श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति बन्ने भएका छन् ।महिन्दा यापाले पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको बताएका छन् ।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।

चर्को आर्थिक संकटका कारण आन्दोलन चर्किएपछि श्रीलंकाका राष्ट्रपतिले निवास छाडेका थिए । उक्त निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरिदिएका छन् ।

  • २६ असार २०७९, आईतवार ०८:४५ प्रकाशित