संखुवासभा ।
संखुवासभामा डेंगुको संक्रमणबाट एक महिलाको ज्यान गएको छ। संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको डेंगु संक्रमणबाट ज्यान गएको हो । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको बताइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो । परिक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो । उच्च ज्वरो, रुघाखोकी समेतको लक्षण देखिएको उनको उपचारमा ढिलाइ हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो ।
असारमा मात्रै १७ जना डेंगु संक्रमित भेटिएका छन् । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सचेत हुन अस्पतालले आग्रह गरेको छ ।














