काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । कच्चा तेलको माग घट्न थालेपछि भाउ ओरालो लाग्न थालेको हो ।
आज(बिहीबार) ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।
हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने अनुमान गरेको छ । तेल उत्पादक संघ ओपेकको हस्तक्षेप नहुनु र लगानीमा आकर्षण घट्नुले मूल्यमा कमी आउने अपेक्षा गरिएको छ ।
विश्व बजारमा घटेको तेलको मूल्यले नेपाली बजारमा राहत मिल्ने आशा गरिएको छ।














