यती एअरलाइन्सको ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’

केन्द्रभाग मिडिया

काठमाडौं ।

यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा शुरु गर्ने भएको छ ।नेपालमै पहिलो आन्तरिक उडानमा यात्रुहरुलाई पहिलो पटक यतीले यस्तो सेवा शुरु गर्न लागेको हो ।

आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनेछन् । इन्फ्लाइट मनोरञ्जनका लागि वायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिने एयरलाइन्सले जनाएको छ ।

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ ।

  • २१ असार २०७९, मंगलवार १५:२७ प्रकाशित