नेकपा एस भन्छ,‘बार्गेनिङ गर्ने छुट छैन,मन्त्रीको नाम अब हेरफेर हुन्न’

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्री हेरफेरको विषयले किचलो भएको नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुलाई पार्टीसँग बार्गेनिङ गर्ने छुट नभएको बताएको छ ।

पार्टीभित्र बार्गेनिङको छुट कसैलाई नभएको भन्दै यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने एसले बताएको छ ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीले छनोट गरेको मन्त्रीको नाम तलमाथि नहुने र उनीहरुको शपथ तत्काल गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने बताएका छन् ।

मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्‍मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका छन्।

  • १२ असार २०७९, आईतवार ०८:५० प्रकाशित