विराटनगर ।
नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको छ ।
आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
घर अगाडि शंकास्पद वस्तु भेटिएपछि कार्कीले प्रहरीलाई खबर गरेका थिए ।














