सडक पुगेपछि पहिलो पटक जुम्लामा नुन अभाव, रित्तिए गोदाम

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशकै विकट जिल्ला जुम्लामा नुन अभाव भएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाले जनाएको छ । का प्रमुख खगेन्द्र मल्लले बताए ।

१५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनका अनुसार सडक पुगेपछि पहिलो पटक नुन अभाव भएको हो । जुम्लामा तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पुर्‍याउन सकिने अवस्था नरहेको प्रमुख मल्ल बताउँछन् ।

  • ९ असार २०७९, बिहीबार ०८:५९ प्रकाशित