एसपीपी नेपाललाई स्वीकार छैनः परराष्ट्र मन्त्री खड्का

केन्द्रभाग मिडिया

काठमाडौं ।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको स्पष्ट पारेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा बोल्दै परराष्ट्र मन्त्री नारायण खड्काले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीको तहबाट र रक्षामन्त्रीबाट पनि नेपालका लागि स्वीकार छैन भनेर लिखित रुपमा स्पष्ट पारी सकेकाले एउटै विषयलाई बढी खोतलखातल नगर्न समेत उनले अ ाग्रह गरे ।

मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उउनले स्पष्ट पारे ।

  • ३ असार २०७९, शुक्रबार ११:१० प्रकाशित