दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको लक्षण : निगरानीमा राखियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्सको लक्षण देखिएको छ । मंकीपक्स भाइरसको संक्रमणको जस्तो लक्षण देखिएपछि ती युवकलाई निगरानीमा राखिएको छ ।

मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो ।

आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

ती युवाको शरीर र हातमा आएको फोका मंकीपक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताए ।

  • २ असार २०७९, बिहीबार १६:४४ प्रकाशित