पोखरा ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् ।
उनी ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका छन् भने, सहकारी विभागमा रहेका उनलाई राजस्व अनुसन्धान विभाग सरुवा गरिएको हो ।
हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका प्रकाश पौडेल भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।