काठमाडौं ।
नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज (आइतबार) अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ।
अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा छ भने सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर ३४ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।