संसदको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रवि लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।
चर्चित संचारकर्मी रवि लामिछाने संसदीय निर्वाचन लड्ने चर्चाले चल्न थालेको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शान्दार जित निकाले पछि लामिछाने पनि हौसियका छन् । केहीले संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसेका छन् । लामिछानेले पनि र संघिय संसदको निर्वाचन लड्न लागेको हुन् ।

सञ्चारकर्मी लामिछाने काठमाडौंमा चुनाव लड्ने तयारीमा रहेको आकलन पनि गर्न थालिएको छ । उनले यस वारेमा अहिले केही भनेका छैनन् । तर, उठ्न विभिन्न क्षेत्रबाट सल्लाह आइरहेको स्विकार गरेका छन् । आफु अहिले पर्ख र हेरको अवस्थामा रहेको उनको भनाई सार्वजनिक भइकेको छ ।

उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए । विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो लगाउने जानकारी दिए ।

लामिछाने निकट स्रोतका अनुसार उनले संसदीय चुनावमा स्वतन्त्रबाट भिड्ने तयारी स्वरुप तयार पनि गरिरहेका छन् । टेलिभिजन कार्यक्रममार्फत जनताको मन जितेका लामिछाने जनमत सिन प्राप्त हुने सल्लाह पाईरहेका छन् ।

मा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।

 

  • २६ जेष्ठ २०७९, बिहीबार १५:४७ प्रकाशित