प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदैँ रञ्जु दर्शना

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी प्रतिनिधिसभाको निर्वाचनमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन् ।

रञ्जुले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाएका थिए । विवेकशील नेपाली दलका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाएका थिए ।

  • २५ जेष्ठ २०७९, बुधबार १४:२५ प्रकाशित