गण्डकी  सरकारले ल्यायो हनिमुन पर्यटन प्रर्वदन कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले हनिमुन मनाउने जोडिका लागि विशेष आकर्षक गन्तब्य विकास गर्ने भएको छ । म‍‌गलबार गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गदै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हनिमनु मनाउन आउने पर्यटकहरुका लागि यो कार्यक्रम सुनाएका हुन् ।

विश्वमा बढ्दै गएको सुविधा सम्पन्न जिवन स्तर र जिवन शैलिमा आएको परिवर्तनबाट लाभ लिनका लागि प्रदेशको सुन्दरता र हावापानीको विशेषतालाई उपयोग गदै हनिमुन टुरिजम प्रवर्दनका लागि प्रदेशका केही स्थानलाई आर्कषक गन्तब्यका रुपमा विकास गरिने गुरुङले सुनाए ।

पर्यटकको सुरक्षा र आपत्कालीन उद्धारका लागि स्थानीय तहसंग सहकार्य गरिने । प्रदेशका प्रमुख पर्यटकिय गन्तब्यमा भौतिक पूर्वाधारको निर्माणलाई प्राथमिकता दिइने छ ।

त्यस्तै ढोरपाटनलाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न गुरुयोजना बनाउने सरकारले जनाएको छ ।

पोखरामा अत्याधुनिक प्रविधिमा आधारित पर्यटन सूचना केन्द्र स्थापना गरिने गुरुङले सुनाए ।

  • २४ जेष्ठ २०७९, मंगलवार १८:५५ प्रकाशित