जबरा विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ ।

आज (मंगलबार)बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयागत ढंगले अघि बढाउन माग गरेका हुन् ।

समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।

२०७८ साल फागुन १ गते सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । ।

  • २४ जेष्ठ २०७९, मंगलवार १३:३५ प्रकाशित