प्रशासनले कर्मचारीका माग सम्बोधन नगरेको भन्दै मणिपाल अस्पतालमा दैनिक २ घण्टा ओपिडी सेवा बन्द

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको ठुलो अस्पताल मनिपाल अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका छन् । सेवा सुविधा समायोजनको माग गदै कर्मचारीले दैनिक २ घण्टा ओपीडी सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । यही जेठ १९ गते देखि विहान साढे आठ बजे देखी साढे १० बजेसम्म ओपीडी सेवा बन्द गरेका छन् ।

पुष २० गते दखी डिन र प्रशासन प्रमुखको कोठामा तालबान्दी गरेर आन्दोलन गर्दा पनि प्रशासनले कर्मचारीको आन्दोलनको कुनै वास्ता नगरे पछि सेवा बन्द गर्न बाध्य भएको मणिपाल अस्पताल स्वातन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले बताए ।

श्रम ऐन २०७४ कार्यान्वयन गर्नुपर्ने र त्यस भन्दा पहिला अस्पताल प्रशासन र कर्मचारी युनियनबीच प्रशासनको रोहोबरमा भएका संझौता कार्यान्वयन हुनुपर्ने कर्मचारी युनीयनको माग छ ।

कर्मचारीले आफन्तको मृत्यु हुदाँ कर्मचारीले पाउने किरिया विदा पाउनुपर्ने, सुत्केरी र सुत्केरी स्याहार विदा पाउनुपर्ने, यस पहिलो भएको सम्झौता अनुसारको उपदान पाउनुपर्ने, चाडपर्व विदामा काममा खटिएका कर्मचारीले अतिरिक्त सुविधा पाउनुपर्ने, संचित विदाको रकम पाउनुपर्ने, ६ महिला भन्दा लामो समय प्रशिक्षाथीलाई राखेमा तोकिएको पारिश्रमीक दिनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निर्णय कार्यान्वयन गर्न अस्पताललाई पत्र पठाए पनि अस्पताल प्रशासनले सुनुवाई गरेको छैन । भारतका व्यवसायीको लागानी रहेको अस्पतला प्रशासनमा भारतिय नागरिक छन् । उनीहरु नेपाली कानुन नमान्ने भन्दै कर्मचारीसंग छलफलमा बस्न मानिरहेका छैनन् ।

युनियनका पूर्व अध्यक्ष विक्रम केसीले अस्प्ताल प्रशासनले आन्दोलनलाई वेवास्ता गर इमरजेन्सी वाहेकका सेवा बन्द गर्न कर्मचारी बाध्य हुने चेतावनी दिए । मणिपालमा शिक्षण वाहेकका कबिर ५ सय कर्मचारी कार्यरत छन् ।

 

  • २४ जेष्ठ २०७९, मंगलवार ११:२० प्रकाशित