सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र

केन्द्रभाग मिडिया

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।

पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन् । प्रहरीले एफआईआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ । बिहान साढे ७ देखि ८ को बीचमा उक्त पत्र भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । भारतको अन्तर राज्य गिरोहका नाइके भनेर चिनिने लरेन्स बिश्रोईले पाँच वर्ष अधि जोधपुरस्थित अदालतमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका थिए ।

  • २३ जेष्ठ २०७९, सोमबार १२:१३ प्रकाशित