रगतको मूल्य बढ्यो : अब प्रतियुनिट कति ? सूचनासहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

मानव शरीरमा अति आवश्यक रगतको मुल्य बढेको छ । सरकारले एक सुचना जारी गर्दै रगतको मूल्य बढाएको छ ।

सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

  • २२ जेष्ठ २०७९, आईतवार १३:३२ प्रकाशित