बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

केन्द्रभाग मिडिया

रुपन्देही ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी भएको छ। नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाअध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए ।

कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, वसन्ती विक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा एकीकृत समाजबादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार विजयी भएका हुन् ।

  • २० जेष्ठ २०७९, शुक्रबार ०९:३५ प्रकाशित