कांग्रेस पोखरामा लफडा : सभापति बिजुक्छेले सोधे सचिव थापालाई स्पष्टीकरण

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले आफ्नै सचिव गणेश बहादुर थापालाई स्पष्टीकरण सोधेको छ । थापाले पार्टीको लेटर प्याड र छाप समेत दुरुपयोग गरेको भन्दै नगर समितिले थापलाई स्पष्टीकरण सोकेको छ ।

थापाले जेठ १६ गते नेपाली कांग्रेस महानगरको हवला दिदै आभार सहितको प्रतिवद्धता भनि विधुतिय संचार माध्यमबाट प्रेषित विज्ञप्ती तर्फ महानगर समितिले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

नगर सभापति शुरेन्द्रमान विजुक्छेद्धारा हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा पोखरा महानगरपालिका कार्यसम्पादन समितिको बैठकको निर्णय अगावै सचिव थापाले आफु खुशी लेटर प्याड र छापको दुरुपयोग गदै विज्ञप्ती निकालेको आरोप लगाइएको छ ।

स्पष्टीकरण पत्रमा तपाईलाई अनुशासन उल्लंघनको कार्वाही अघाडी किन नबढाउने भनिएको छ । पत्रमा थापालई ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

सचिव गणेश बहादुर थापाले निकालेको विज्ञप्ती यस्तो थियो ।

  • १९ जेष्ठ २०७९, बिहीबार १७:२० प्रकाशित