पोखरालाई सबैभन्दा धेरै बजेट : कुन महानगरपालिकाले कति बजेट पाए ? सूचीसहित

केन्द्रभाग मिडिया

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले ल्याएको बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ ।

६ वटा महानगरपालिकाले कुल १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् ।जसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ ।

पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ । पोखराले चालु आर्थिक वर्षमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो ।

पोखरालाई आगामी वर्ष समपूरक अनुदानमा ४ करोड विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ दिइएको छ । १ अर्ब ८५ करोड ८० लाख सशर्त अनुदान पाएको पोखराले ६५ करोड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ ।

कुन महानगरले कति बजेट पाए ?

पोखरा महानगरपालिका– २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
काठमाडौं महानगरपालिका– २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
भरतपुर महानगरपालिका– १ अर्ब ८० करोड २४ लाख रुपैयाँ
वीरगञ्ज महानगरपालिका– १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ
ललितपुर महानगरपालिका– १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ
विराटनगर महानगरपालिका–१ अर्ब २१ करोड ८५ लाख रुपैयाँ

  • १९ जेष्ठ २०७९, बिहीबार १५:४३ प्रकाशित