माधव नेपालले भने : कसैको लालचमा पर्दिन, गठबन्धन टुट्दैन

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ ।

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पार्नुभयो ।

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पार्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताउनुभयो ।

  • १९ जेष्ठ २०७९, बिहीबार ११:४८ प्रकाशित