प्रचण्डलाई मेन्सन गर्दै पौडेलको ट्वीट : हार्न तयार छौँ तर जनताविरुद्ध जाँदैनौं

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै हार्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका हुन् ।

ट्वीटरमा प्रचण्डलाई मेन्सन गर्दै पौडेलले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ’

प्रचण्डले आज माओवादी जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ‘कांग्रेसले अहंकार बढाएमा एमालेलाई झै ठेगान लगाउने’ बताएका थिए ।

  • १८ जेष्ठ २०७९, बुधबार १८:११ प्रकाशित