पोखरा ।
नेकपा एमालेबाट पोखरा महानगरको नगरकार्यपालिका सदस्यमा उम्मेदवारी दिएका निर्मल दियालीले सबैभन्दा धेरै मत पाएका छन् । उनले गठबन्धनको एक भोट पनि प्राप्त गरेका छन् । एमालेको ८६ मत रहेको दियालीले ८७ मत प्राप्त गरे ।
उनी दलित कोटाबाट उम्मेदवार बनेका थिए ।
महिला, अल्पसंख्यक र दलित सदस्यका लागि बुघबार निर्वाचन भएको थियो । निर्वाचनमा सबै एमालेका उम्मेदवार विजयी भएका छन् । पोखरा महागरमा १६७ निर्वाचित जनप्रतिनिधिमा एमालेको बहुमत सदस्य छन् ।















