काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि संसदमा छलफल हुँदैछ । आइतबार गठबन्धन सरकारका अर्थमन्त्री जनार्दशन शर्माले करिब १८ खर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए ।आज ११ बजे बस्ने बैठकमा सो बजेटबारे छलफल सुरु हुने भएको छ।
सो बजेट लोकप्रियताका नाममा महत्वाकांक्षी र कार्यान्वयन नहुने खालको भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट ‘हावादारी’ भएको निष्कर्ष निकाल्दै संसदमै ‘भण्डाफोर गर्ने’ जनाएको छ ।
संसदीय चुनावलाई लक्षित गर्दै सरकारले ल्याएको बजेटमाथि विभिन्न सरोकारवाला निकायले मिश्रित प्रतिक्रिया दिएका छन् ।