अखिलका सदस्य महेन्द्र कास्की प्रहरीको नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको छ । अभ्रद्र व्यवहारको आरोपमा सोमबार जिल्ला प्रहरी कास्कीले पौडेललाई पक्राउ गरेको हो । पौडेलमाथि सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप छ ।

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रेका पौडेलले प्रदेश सरकारका एक सचिव सवार गाडी रोकेका थिए ।

सो क्रममा उपाध्यायले अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उजुरीको आधारमा उनलाई पक्राउ गरिएको तिवारीले जनकारी दिए ।

 

  • १६ जेष्ठ २०७९, सोमबार १६:०५ प्रकाशित