काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले सोमबार शपथ ग्रहण गर्दै छन् । मेयर बालेन र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण हुने भएको हो ।
भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिएका छन्। त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।
सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ
महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ‘बालेन’ लोकप्रिय मतसहित निर्वाचित भएका छन् । उनले ६१ हजार ७६७ मत ल्याए । त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।














