जनप्रतिनिधि शासक नभई सेवक बन्न आवश्यक छ : मन्त्री विश्वकर्मा

केन्द्रभाग मिडिया

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबटे विश्वकर्माले जनप्रतिनिधिहरुले शासक नभई सवेकको भुमिकामा आफुलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यलय कास्कीको संयुक्त आयोजनामा गणतन्त्रको संस्थागत विकास, कार्यन्वयको अवस्था,चुनौती र सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले जनप्रतिनिधिहरुलाई सचेत गराउन नागरिकहरुको खवरदारी आवश्यक रहेको बताए।उनले गणतन्त्र स्थापनापछि नागरिकहरुले स्वतन्त्र रुपमा राजनीतिक अधिकारको अनुभूत गर्न पाएको बताए ।

युवापंक्तिमा बढ्दो वितृष्णालाई चिर्न दलहरुले युवाका भावनालाई समेट्ने गरि योजना र कार्यक्रम ल्याउन आवश्यक रहेको भनाई राखे ।केन्द्रको अभ्यासलाई अध्ययन गर्नका लागी प्रदेश सरकारले पूर्व पधादिकारीको सेवा सुविधाबारे छलफल गर्न समिति मात्रै गठन गरेको उनले प्रष्ट पारे ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्ले शासन संचालन गर्ने पात्र सहि हुन सकेमा मुलुकले सहि दिशा लिन सक्ने बताए । गणतन्त्र स्थापना लामो समयसम्म पनि नागरिकहरुले त्यसको अनुभूत गर्न नसकेका उनको भनाई थियो ।

शान्तीको लागी नागरिक समाजको सन्जाल कास्की अध्यक्ष विना सिलवालले पूर्व पदाधिकारीहरुलाई सेवा सुविधा दिने गरि गण्डकी प्रदेश सरकारले ल्याउन लागेको विधयेक गणतन्त्रको मूल्य मान्यता विपरित रहेको भनाई राखे ।

उनले संविधानमा रहेको समावेशिताको मर्म विपरित स्थानीय तहको निर्वाचनमा दलहरुले उम्मेदवार छनौट गरिएको भन्दै दलहरु सच्चिन आवश्यक रहेको बताए । चर्को मूल्यवृद्धिका कारण साधारण नागरिकहरु मारमा रहेको उल्लेख गर्दै जनताको घरसम्म गणतन्त्र अझै आउन नसकेको उनको भनाई थियो ।

  • १५ जेष्ठ २०७९, आईतवार १७:२४ प्रकाशित