पोखरा ।
पोखरा महानगरपालिका नगर कार्यपालिका सदस्यका लागि जेठ १५ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ १५ का लागि मनोनयनको मिति तोकेको हो ।
नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको लागि निर्वाचित जनप्रतिनिधि मध्यबाट ८ जना निर्वाचित हुने कानुनी प्रावधान छ ।
चार महिला र तीन दलित वा अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि उम्मेदवारले जेठ १५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजात सहित मनोनयन पत्र दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको छ ।
पोखरामा मेयर उपमेयरसहित ३३ वडाबाट निर्वाचित वडाध्यक्ष र सदस्य गरी १६७ जनप्रतिनिधि निर्वाचित भएका छन् । ती जनप्रतिनिधिले कार्यपालिका सदस्य निर्वाचनमा मतदान गर्न पाउने छन् ।
निर्वाचनमा उम्मेदवार बनेका मध्य सबै भन्दा धेरै मत ल्याउने आठ जना निर्वाचित हुने छन् ।














