पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी भएका छन् ।

उनले नेकपा एमालेका इमानराज पौडेललाई हराए । अन्य सदस्यहरुमा भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका नवराज केसी र विकासकुमार आचार्य विजयी भए ।

महिला सदस्यमा दुर्गादेवी बस्नेत र दलित महिला सदस्यमा कल्पना सुनार विजयी भएका छन् ।

  • ९ जेष्ठ २०७९, सोमबार १८:०७ प्रकाशित