एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका नेता खगराज अधिकारीको वडामा नेपाली कांग्रेसले जित निकालेको छ । पोखरा महानगर वडानम्बर ३१ मा एमालेका उम्मेदवारलाई हराउदै नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ढकनाथ कडेल विजयी भएका हुन् ।

अन्य वडा सदस्य भने नेकपा एमालेले जितेको छ । सो वडामा विगतका निर्वाचनमा एमालेले कब्जा जमाउदै आएको थियो ।

महानगरका बहुमत वडा जितेको कांग्रेसले एमाले संगठबन विभाग प्रमुख समेत रहेका नेता खगराज अधिकारी कै वडा समेत कब्जा जमाउन सफल भयो ।

 

  • ९ जेष्ठ २०७९, सोमबार १४:५० प्रकाशित