माओवादीले मतपत्र च्यातेको वडामा एमाले विजयी

केन्द्रभाग मिडिया

चितवन ।

पाँच वर्षअघि नेकपा माओवादी केन्द्रले मतपत्र च्यातेको भरतपुरको वडामा नेकपा एमाले विजयी भएको छ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश तामाङ विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो ।

एमाले पार्टी विभाजन पछि प्रकाश तामाङ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए । निर्वाचनको करिव एक महिनाअघि मात्र तामाङ एमाले प्रवेश गरेका थिए ।

  • ८ जेष्ठ २०७९, आईतवार १६:४९ प्रकाशित