पोखरा ।
पोखरा महानगरमा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिइरहेका छन् । १ लाख ७ हजा ९६२ मत गणना हुदाँ धनराजआचार्यले ४३ हजार २१५ मत प्राप्त गरेका छन् । आचार्यलाई पच्छाउदै एमालेका उम्मेदवार कृष्ण थापाले ३९ हजार ७९८ मत प्राप्त गरेका छन् ।
सुरुवाती समय देखि नै अग्रता लिइरहेका आचार्य मतपरिणाम अन्तिम चरणमा पुग्दा निरन्तर अग्रता गरिरहेका छन् । थापाको आचार्यसंग ३ हजार २७२ को मतान्तर छ । राप्रपाका शंकर खरालले ४ हजार ८१५ मत पाएका छन् भने, स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ४ हजार ८१५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । गुरुङले ४४ हजार ९५० मत प्राप्त गर्दा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत प्राप्त गरेकी छन् । रानाभाट भन्दा गुरुङ १९५९ मतले अगाडी छन् ।
राप्रपाकी रन्जना कुमारी सेन पौडेलले ४ हजार ७४१ मत प्राप्त गरेकी छन् ।














