प्रतिनिधि भन्दै नक्कली कार्ड भिरेर पोखराको गणनास्थल छिर्न खोज्ने २ पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पोखरा ।

नक्कली कार्ड भिरेर मतगणनास्थल छिन खोज्ने दुई नक्कली प्रतिनिधि पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको मतगणना स्थलमा नक्कली कार्ड बोकेर पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट छिर्न खोजेका उनीहरूलाई आज(शुक्रबार)प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेका र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले बताए ।

उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान भईरहेको डिएसपी तिवारीले जनाएका छन् ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १४:४२ प्रकाशित